बाँके दुर्घटना अपडेट : चालकसहित सातजनाको मृत्यु, ३० घाइते

हिमाल प्रेस २३ भदौ २०८० ६:४१
12
SHARES
बाँके दुर्घटना अपडेट : चालकसहित सातजनाको मृत्यु, ३० घाइते

काठमाडौँ- बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन् ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो ।

बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। यस्तै बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ।

यस्तै सोही नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारुको पनि ज्यान गएको छ।

प्रहरीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि मृत्यु भएको छ। घाइतेको उपचार कोहलपुरस्थित अस्पतालमा भइरहेको छ।

डीएसपी डाँगीले बसमा ४१ जना सवार रहेको बताए। बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वाराकाउनीहरू दाङबाट बर्दिया जाँदै गरेका थिए।

बाँकेमा ठोक्कियो यात्रुवाहक बस र ट्रक

प्रकाशित: २३ भदौ २०८० ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =