यस्तो छ ‘दिमाग खराब’को टिजर

हिमाल प्रेस २२ भदौ २०८० १८:२८
14
SHARES
यस्तो छ ‘दिमाग खराब’को टिजर

काठमाडौँ- फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ। एक मिनेट सात सेकेन्डको टिजर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

फिल्म ‘दिमाग खराब’ निश्चल बस्नेतले निर्देशन गरेका छन्। फिल्ममा निश्चलको पनि अभिनय छ। फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकारले अभिनय गरेका छन्।

कात्तिक २४ गतेदेखि प्रदर्शन हुनेछ। फिल्म जनता र शक्तिको कथामा बनेको छ। फिल्मको पटकथा लेखन आकाश बरालले गरेका हुन्।

फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र बाबुल गिरीको संगीत छ। ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आट्र्सको ब्यानरमा बनेको फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

प्रकाशित: २२ भदौ २०८० १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =