आज निजामति दिवस

हिमाल प्रेस २२ भदौ २०८० ७:०६
2
SHARE
आज निजामति दिवस

काठमाडौँ- आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।

दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ।

दिवसका अवसरमा आज बिहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदैछ।

प्रकाशित: २२ भदौ २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =