नाडा अटो शोमा लन्च गरिँदै ‘फोर्स अरबानीया’ माइक्रो बस

हिमाल प्रेस २१ भदौ २०८० १९:४६
12
SHARES
नाडा अटो शोमा लन्च गरिँदै ‘फोर्स अरबानीया’ माइक्रो बस

काठमाडौँ- फोर्स मोटरको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेटल प्रालिले ‘फोर्स अरबानीया’ माइक्रोबस नाडा अटो शोमा लन्च गर्ने भएको छ। यही भदौ २६ गतेदेखि हुने शोको सुरुकै दिन सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ।

पछिल्लो समय भारतमा अत्यधिक माग रहेको उक्त गाडीको नेपालमा पनि सर्वाधिक रुचाइएको कम्पनीले बताएको छ। नाडा अटो शोबाटै उक्त गाडी अनावरण गर्ने र सोही दिनदेखि बुकिङ खुल्ला गरी बिक्रीवितरण सुरु गरिने कम्पनीको भनाइ छ।

उक्त बस नेपालमा आयातित माइक्रोबसहरूमध्ये सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको कम्पनीको दाबी छ। ‘कारजस्तै आरामदायी र सुविधा सम्पन्न रहेको छ। विशेषतः पर्यटन तथा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठूला कम्पनीहरू, कुटनीतीक निकायहरू, सरकारी तथा गैरसरकारी संस्थाका लागि यो माइक्रोबस उपयूक्त हुने देखिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त माइक्रो बस विश्वमै प्रसिद्ध रहेको मर्सिडिज बेन्जको डिजाइनमा बनेको र सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको कम्पनीको भनाइ छ। स्लाइडिङ डोरसहित तीन ढोकायुक्त बस १४ र १८ सिट क्षमतामा उपलब्ध छन्।

प्रकाशित: २१ भदौ २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =