‘एक भगवत् गीता’लाई अर्को संकट, जिफानले पठायो पत्र

हिमाल प्रेस २० भदौ २०८० १६:३४
4
SHARES
‘एक भगवत् गीता’लाई अर्को संकट, जिफानले पठायो पत्र

काठमाडौँ- भदौ २९ मा प्रदर्शनका तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’ एकपछि अर्को विवादमा तानिँदै गएको छ। केही दिनअघि फिल्मको हिन्दू जागरण नेपाल र आध्यात्मिक विकास समाज गरी दुई संस्थाले विरोध गरेका थिए। फिल्म निर्माण पक्षले यी दुई संस्थालाई स्क्रिप्ट नै पठाएर विवाद मिलाउनु परेको छ।

फिल्मसामु अर्को संकट आइलागेको छ। गुरुङ फिल्मको छाता संस्था गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)ले फिल्म निर्माण पक्षलाई पत्र पठाएको छ। गुरुङ समुदायको कुन विषय समावेश गरिएको हो भनी प्रश्न गरेको छ। जिफानले विज्ञप्ति जारी गर्दै कथावस्तुबारे स्पष्ट हुन चाहेको जनाएको छ।

फिल्ममा गुरुङ समुदायको वेशभूषासहित केही कथावस्तु समेटेको हुँदा फिल्मको छायांकनअगावै कथाको उक्त अंश जिफानबाट प्रमाणीकरण हुनुपर्ने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘सामाजिक सद्भाव बनाइराख्न, राष्ट्रियता र नेपाली फिल्मलाई विवादरहित बनाउन ‘एक भगवत् गीता’मा गुरुङ समुदायको कुन विषय समावेश गरिएको हो उल्लेख गरी पठाइदिनुहोला,’ विज्ञप्तिमा लेखिएको छ।

अध्यक्ष गुञ्जबहादुर गुरुङ र महासचिव तोलबहादुर गुरुङको हस्ताक्षर रहेको पत्रमा जिफानले संस्थागत रूपमा फिल्म प्रदर्शनमा सहयोग गर्ने भनिएको छ। त्यस्तै फिल्मलाई सफलताको शुभकामना पनि दिइएको छ।
फिल्ममा सुहाना थापा, धीरज मगर, विपिन कार्की मुख्य भूमिकामा रहेका छन्। फिल्ममा धीरजले गुरुङ समुदायका युवकको भूमिका निर्वाह गरेका छन्।

 

प्रकाशित: २० भदौ २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =