‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस १५ भदौ २०८० १५:०९
10
SHARES
‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा कमलामाईको अवतारमा देखिएका विपिन कार्कीका साथै अभिनेत्री सुहाना थापा, अभिनेता धीरज मगरलगायत कलाकार अटाएका छन्। लैंगिक विभेदको विषयवस्तुमा आधारित फिल्मको लेखक तथा निर्देशक झरना थापा हुन्।

भदौ २९ देखि प्रदर्शन हुने फिल्ममा सुहाना, विपिन र धीरजसहित कबीर खड्का, जेविस र जेनिस श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुरागमान कुँवरलगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता सुनील थपा हुन्। निर्देशक झरनासहित फिल्ममा सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोततम ढुङ्गेल र कृष्ण थापाको पटकथा छ।

फिल्म सुहाना इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको छ। राजेश श्रेष्ठले छायांकन गरेको फिल्म मित्र डि गुरुङले सम्पादन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =