महाधिवेशनका प्रतिनिधि चुन्दै जसपा

हिमाल प्रेस २० भदौ २०८० ७:२४
2
SHARE
महाधिवेशनका प्रतिनिधि चुन्दै जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।

अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन नपाइने तथा केन्द्रीय समिति महाधिवेशन आयोजक भए पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यसअघिको व्यवस्थालाई नयाँ विधानले हटाएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनका अनुसार पार्टीका केन्द्रीय समिति सदस्यहरू पनि तल्लो समिति वा संगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने छ।

संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको जनाइएको छ।

संगठन र समिति पुनर्गठन र रूपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।

प्रकाशित: २० भदौ २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast