एमसीसी अनुगमनका लागि एकीकृत समाजवादीले बनायो समिति

हिमाल प्रेस १९ भदौ २०८० ७:१८
2
SHARE
एमसीसी अनुगमनका लागि एकीकृत समाजवादीले बनायो समिति

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीको अनुगमनका लागि समिति बनाएको छ। पार्टीको सोमबार बसेको सचिवालय बैठकले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो।

समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ रहनेछन्।

खतिवडाका अनुसार विषय विज्ञ भने तय भइसकेको छैन।

प्रकाशित: १९ भदौ २०८० ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =