सूर्य नेपाल कलिङ साहित्य महोत्सव सुरु

हिमाल प्रेस १५ भदौ २०८० १२:५७
12
SHARES
सूर्य नेपाल कलिङ साहित्य महोत्सव सुरु

काठमाडौँ- दोस्रो ‘सूर्य नेपाल कलिङ साहित्य महोत्सव’ आजबाट सुरु भएको छ। यशश्वी प्रज्ञा प्रतिष्ठान र नेपाल कलिङ साहित्य महोत्सवको संयुक्त आयोजनामा महोत्सव ललितपुरस्थित होटल हिमालयमा सुरु भएको हो।

त्रिदिवसीय महोत्सव भदौ १७ सम्म चल्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा साहित्यसँग सम्बन्धित ५६ ओटा सेसन हुने छ।

सेसनहरू राजनीतिदेखि समाजसम्म, कवितादेखि निबन्धसम्म, कुटनीतिदेखि अर्थतन्त्र र चलचित्रसँग सम्बन्धित छ। सेसन तीन दिनसम्म होटल हिमालयको हल १ र हल २ मा हुनेछ।
महोत्सवमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंकालगायत देशका साहित्यकारहरू सहभागी छन्।

आयोजकले भारतबाट प्रो अवधेश प्रधान र अभिनेत्री तथा कवि दिव्या दत्त नेपालबाट डा. माधव प्रसाद पोखरेल र अभिनेत्री मनिषा कोइरालालाई नेपाल यजश्वी साहित्य सम्मान सहित पुरस्कार प्रदान गरेको छ।

त्यस्तै यसवर्ष महोत्सवमा यशश्वी प्रज्ञा प्रतिष्ठानले २०७९ सालभित्र प्रकाशित दर्ता भएका पुस्तकहरूमध्ये १० उत्कृष्टलाई अवार्ड पनि प्रदान गरेको छ। प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौला र विवेक देवरोयले अवार्ड प्रदान गरे।

आख्यानतर्फ लेखक विवेक ओझाको उपन्यास ‘ऐँठन’, गैरआख्यानतर्फ डा। नवराज केसीको ‘शून्यको मूल्य’, कथा विधातर्फ रेणुका जिसीको ‘सनेस’, कविता विधातर्फ डा महेन्द्र कुमार मल्लको भाषाको बकपत्र’ले अवार्ड पाएको छ।

त्यस्तै जीवनी विधातर्फ गोविन्द गिरी ‘प्रेरणा’को ‘सुश्री पारिजात’, बालसाहित्यतर्फ अनुराधाको ‘छमछमको छमछमी’, अनुवादतर्फ रिमा केसीको ‘अमृत प्रितका छानिएका कविता’, खाद्य तथा औषधी विधातर्फ नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’, नेमवर्डतर्फ ‘लाक्पा डेंडी शेर्पा’ र अंग्रेजी कविता तर्फ सुशान्त थापाको ‘मिनेट्स अफ मेरिट’ले प्राप्त गरेको छ।

प्रकाशित: १५ भदौ २०८० १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =