ट्रेन्डिङमा ‘दुई नम्बरी’

हिमाल प्रेस ७ असोज २०८० १६:३४ | Sunday, September 24, 2023
ट्रेन्डिङमा ‘दुई नम्बरी’

काठमाडौँ– गतवर्ष उत्कृष्ट पाँचमा पर्न सफल फिल्म ‘दुई नम्बरी’ यतिबेला युट्युबको ट्रेन्डिङ एकमा छ। गत शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्मले समाचार तयार पार्दासम्म २८ लाख भ्युज बटुलिसकेको छ।

दुई सिकारी साथीको कथामा आधारित फिल्मले हलमा रु ३ करोड ८४ लाख ७५ हजार ७ सय ७० को ग्रस कलेक्सन गरेको थियो।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुष्‍कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन्।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्म दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठले निर्माण गरेका हुन्। फिल्ममा सुशान प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन छ।

 

प्रकाशित: ७ असोज २०८० १६:३४ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast