एसिया कप : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

हिमाल प्रेस १३ भदौ २०८० १९:१६
38
SHARES
एसिया कप : पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

काठमाडौँ- एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको विशाल लक्ष्य दिएको छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको योगफल तयार पार्‍यो।

पाकिस्तानको जितका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमद दुवैले शतक प्रहार गरे। पाचौँ विकेटका लागि कप्तान बाबर र अहमदले २ सय १४ रनको साझेदारी गरे। बाबरले १३१ बलमा १४ चौका र ४ छक्का हान्दै १ सय ५१ रन बनाउँदा सोमपाल कामीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।

नेपालविरुद्ध इफ्तिखार अहमदले १०९ रनमा नटआउट रहे। अहमदले ७१ बलमा ११ चौका र ४ छक्का हाने। अहमदले आफ्नो ओडिआइ करियरको पहिलो शतक पूरा गरेका हुन्। अहमदले ६७ बलमा १० चौका र ४ चौका मद्धतमा शतक पूरा गरेका थिए।

तेस्रो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए। रिजवान २४ औं ओभरको चौथो बलमा सन्दीप लामिछानको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट ४४ रनमा रन आउट भए। सोमपाल कै बलमा सघाव खान ४ रनमा आउट भए।

खेलमा नेपालका सोमपाल कामीले दुई विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले एक/एक विकेट लिए। सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।

करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।

सोमपालले सातौँ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराउँदै नेपाललाई लगातार दोस्रो सफलता दिलाएका थिए। सुरुवातमा राम्रो गरेको नेपालले बाबर र अहमदको साझेदारी तोड्न विशाल लक्ष्य पाएको छ।

ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसामु १५औं स्थानको नेपालले फिल्डिङ पनि मजबुत गर्न सकेन।

प्रकाशित: १३ भदौ २०८० १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =