गगनको प्रश्न : भ्रष्टाचार सामसुम पार्न नेताहरू मिल्छन् भने छानबिन गर्न हामी किन नमिल्ने?

हिमाल प्रेस ११ भदौ २०८० १७:४४
50
SHARES
गगनको प्रश्न : भ्रष्टाचार सामसुम पार्न नेताहरू मिल्छन् भने छानबिन गर्न हामी किन नमिल्ने?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन नेताहरूबीच मिलीभगत भइरहेको भन्दै त्यसलाई तोड्न सबै एक जुट हुनुपर्ने बताएका छ्न्। उनले भनेका छन्, ‘भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका हामी सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो।’

पछिल्ला भ्रष्टाचार प्रकरणले बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लंग भएको उनको भनाइ छ। महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘भ्रष्टाचारका घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने?’ उनले विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएकाहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।

ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा घोटालालगायत एकपछि अर्को ठूला भ्रष्टाचारका काण्ड बाहिर निस्किरहेपछि महामन्त्री थापाको यस्तो भनाइ आएको हो। उनले भ्रष्टाचार मौलाउनुमा ठूला नेताहरूले जिम्मेवार रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘बितेका वर्षहरूमा अख्तियार दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लंग भएको छ।’

यस्ता काण्डमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एकअर्कालाई तर्साउने, बन्दकोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ।’

पुराना घटना छानबिन गरी कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानुनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलमा काम गर्न यस्ता घटनारूले झकझकाइरहेको थापाले बताएका छन्। थापाले भनेका छन्, ‘तर यस्ता काण्डमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एकअर्कालाई तर्साउने, बन्दकोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ।’

महामन्त्री थापाले  भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण बन्दै गएकाे स्पष्ट पारेका छन्। यसका निम्ति संसद्‌मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन रहेको उनको भनाइ छ।

थापाले भनेका छन्, ‘हामीले छुट्टाछुट्टै दर्जनौँ संशोधन हालेका छौँ। यसमा राम्रोसँग काम गरौँ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाउन पनि उनले अपिल गरेका छन्। थापाले भनेका छन्, ‘नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन बनाऔँ । के नीतिगत हो, के होइन प्रस्ट गरौँ।’

महामन्त्री थापाले संसद्‌बाट स्वार्थको द्वन्द्वसम्बन्धी कानुन अविलम्ब पारित गर्न, अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्ष रूपमा काम गर्नका लागि केके कानुनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गर्न र अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष र क्षमतावान् बनाउन अहिले भएको व्यवस्थामा केके बदल्नैपर्छ यसमा पनि काम थाल्न अपिल गरेका छन्।

उनले भनेका छन्, ‘यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ– ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्।’ भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस्।’ महामन्त्री थापाले यी सबै कुरामा आफ्नो पहलकदमी रहने जनाउँदै जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लाग्न अपिल गरेका छन्।

प्रकाशित: ११ भदौ २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =