स्वास्थ्यमा बजेट विनियोजन गर्दा पञ्चेश्वर गाउँपालिकाको भेदभाव

हिमाल प्रेस १० भदौ २०८० १४:१०
506
SHARES
स्वास्थ्यमा बजेट विनियोजन गर्दा पञ्चेश्वर गाउँपालिकाको भेदभाव

काठमाडौँ- बैतडीको पञ्चेश्वर गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्दा चरम लापरवाही गरेको पाइएको छ। गाउँपालिकाले राजनीतिक आस्था तथा गाउँपालिकाका प्रतिनिधिले भनेको मान्ने स्वास्थ्य इन्चार्ज हेरेर बजेट विनियोजन गरेको स्थानीयले आरोप लगाएका छन्।

चालु आर्थिक वर्ष २०८०/८१का लागि स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्दा पालिका केन्द्र नजिकै रहेको स्वास्थ्य चौकीलाई बजेट नै नछुट्याइएको आरोप स्थानीयको छ। चालु आवमा गाउँपालिकाले वडा नम्बर १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीलाई बैठक कक्ष निर्माणका लागि ४ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै वडा नम्बर २ स्थित महाकाली स्वास्थ्य चौकीलाई अनुदानस्वरूप ४६ हजार १ सय रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै वडा नम्बर ३ स्थित कुलाउ स्वास्थ्य चौकीलाई व्यवस्थापन खर्च शीर्षकमा १ लाख ८४ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिका केन्द्र नजिकै रहेको आम्चोरा स्वास्थ्य चौकीलाई बजेट नै विनियोजन नगरेर पालिका प्रतिनिधिहरूले चरम लापरवाही गरेको स्थानीयले बताएका छन्। आम्चोरा स्वास्थ्य चौकीमा पालिका प्रतिनिधिहरूले भनेकोभन्दा पनि कानुनअनुसार काम गर्ने स्वास्थ्य इन्चार्ज भएकाले प्रतिनिधहरूले बजेट विनियोजनमा पूर्वाग्रह देखाएको स्थानीयको भनाइ छ।

त्यस्तै गाउँपालिकाले वडा नम्बर ५ स्थित गिरेगडा स्वास्थ्य चौकीका लागि व्यवस्थापन खर्चस्वरूप ९२ हजार २ सय रुपैयाँ र रोडिदेवल स्वास्थ्य चौकीका लागि ६४ हजार ५ सय ४० रुपैयाँ विनियोजन गरेको छ।

‘सबैभन्दा बढी सेवाग्राही र २ ओटा बर्थिङ सेन्टर भएको वडा नम्बर ४ को आम्चोरा स्वास्थ्य चौकीलाई एक रुपैया बजेट विनियोजन गरिएको छैन,’ स्थानीय वीर चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गरेको गरेको यो हदसम्मको लापरबाही वडा नम्बर ४ का प्रतिनिधिहरूले किन देखेनन्? आफूले चाहेजस्तो चल्ने रिमोट कन्ट्रोल इन्चार्ज नभएर हो कि? यसको जवाफ दिन तयार रहनुहोला।’

पञ्चेश्वर गाउँपालिका उपाध्यक्षको घरमा बैंक, केन्द्रबाट झण्डै ५ किलोमिटर टाढा

प्रकाशित: १० भदौ २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =