छिमेकीहरू उन्नतिको चरम शिखरमा पुग्दा हाम्रा आँखा भने पुलिसको सरुवामा : लामिछाने

हिमाल प्रेस ६ भदौ २०८० १७:१३
98
SHARES
छिमेकीहरू उन्नतिको चरम शिखरमा पुग्दा हाम्रा आँखा भने पुलिसको सरुवामा : लामिछाने फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छिमेकी राष्ट्रहरू आर्थिक विकासको शिखरमा पुग्दा दलका नेता भने प्रहरीको सरुवामा आँखा लगाएर बसिरहेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै लामिछानेले भने, ‘सँगैका दुइटा राष्टहरू आर्थिक उन्नतिको चरम शिखरमा पुगेका छन्। उन्नतिको चरम बिन्दुमा छन्। विश्वको उत्कृष्ट अर्थतन्त्रमा आफूलाई दर्ज गर्न सफल भएका छन्। हामीलाई भन्दा पनि लाज लाग्छ, पुलिसको सरुवा बढुवामा आँखा लगाएर बसेका छौँ।’

आर्थिक अवस्थामा टाट पल्टन लागिको मुलुकका लागि यो भन्दा लज्जास्पद विषय अरू नहुने उनको भनाइ छ। उनले विधेयकहरूमा छलफल गर्नुपर्ने यो संसद् किन अवरुद्ध गरियो भने प्रश्न गरे।

लामिछानेले भने, ‘यही संसद्मा सार्वजनिक महत्त्वका कैयौँ प्रस्तावहरू छन्। संकल्प प्रस्तावहरू छन्, त्यस उपर छलफल हुनुपर्दथ्यो। शिक्षा विधेयकमा छलफल हुनुपर्दथ्यो। निजामती विधेयकमा छलफल हुनुपर्दथ्यो। विधेयक यत्तिकै बसेका छन्।’ तिनमा छलफल हुन नसक्नु अत्यन्त दुःखद पक्ष रहेको उनले बताए।

प्रकाशित: ६ भदौ २०८० १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =