कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

हिमाल प्रेस ६ भदौ २०८० ९:१६
8
SHARES
कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन्।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेका हुन्।

अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुन्। खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गरेका थिए।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष बनेसँगै खाली रहेको संंयोजक पदमा खातीलाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: ६ भदौ २०८० ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =