प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अवरुद्ध नगर्ने संकेत

हिमाल प्रेस ५ भदौ २०८० ७:२६
6
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अवरुद्ध नगर्ने संकेत नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा आइतबार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै प्रतिपक्षी सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

साउन १० गतेयता एमालेले विभिन्न माग राख्दै संसद् अवरुद्ध गरिरहेको छ। सोमबार बेलुकाको सर्वदलीय बैठकबाट भने संसद् अवरुद्ध नगर्ने सहमति भएको एमाले नेता पदम गिरीले जानकारी दिए। सत्ता गठबन्धन आफ्ना माग पूरा गर्न लागेमा संसद् अवरुद्ध नगर्ने उनको भनाइ छ।

प्रकाशित: ५ भदौ २०८० ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =