सहिद पार्कमा सहिद दिवस

हिमाल प्रेस ४ भदौ २०८० १९:५० | Monday, August 21, 2023
सहिद पार्कमा सहिद दिवस

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-४ स्थित प्रादेशिक सहिद पार्कमा कर्णाली प्रदेश प्राप्तिका लागि भएका सहिदहरूको सम्झना गर्दै सहिद दिवस मनाइएको छ। सोमबार भैरम सामुदायिक वन उपभोक्ता समूह र वडा नं. ४ को संयुक्त आयोजनामा दिवस मनाइएको हो।

सो क्रममा पूर्व मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले भदौ ४ गते चार जना सहिदको बलिदानीले कर्णाली प्रदेश प्राप्त भएकाले यसलाई बिर्सन नहुने बताए। उनले आगामी दिनमा सहिदको सम्मान हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहिद पार्कमा सहिद दिवस मनाएर सहिदहरूको सम्झना गरिएको उल्लेख गरे।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सहिदको रगतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख देवकुमार सुवेदीले सबै निकायको सहयोगले प्रादेशिक पार्क निर्माण भएको र अहिले सहिदको सम्मान गर्न सहज भएको बताए।

दिवसका अवसरमा सहिद स्तम्भमा माल्यार्पण गर्नुका साथै दीप प्रज्ज्वलनसमेत गरिएको थियो। साथै पार्कभित्र वृक्षारोपण पनि गरिएको थियो।

प्रकाशित: ४ भदौ २०८० १९:५० | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast