मुख्यमन्त्री थापाले पेस गरे विश्वासको मत लिने प्रस्ताव

हिमाल प्रेस ४ भदौ २०८० १५:५७
14
SHARES
मुख्यमन्त्री थापाले पेस गरे विश्वासको मत लिने प्रस्ताव उद्धव थापा।

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गरेका छन्। थापाले आफ्नो प्रस्ताव पेस गरेसँगै यसबारे छलफल सुरु भएको छ।

प्रदेशकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि कोशी प्रदेशसभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले बैठक सञ्चालन गरेका छन्।

उपसभामुख दनुवार र अध्यक्षमण्डलका सदस्यद्वय एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेशसभा बैठक बसेको हो। उपसभामुख दनुवार मन्सुरीलाई बैठक सञ्चालनको अधिकार दिएर काठमाडौँ गएकी छन् ।

९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ। त्यसका लागि का‌ग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन्। तर का‌ग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा सञ्चालन गर्नुपर्ने भएपछि गठबन्धनका पक्षमा ४६ जनामात्रै सांसद पुग्छन्। गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको बताइएको छ।

प्रकाशित: ४ भदौ २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =