बृहत् अन्तरक्रिया गर्न राहत शिक्षक केन्द्रीय समितिको सर्कुलर

हिमाल प्रेस ४ भदौ २०८० १४:२१
3.4k
SHARES
बृहत् अन्तरक्रिया गर्न राहत शिक्षक केन्द्रीय समितिको सर्कुलर

काठमाडौँ- सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरूको संस्था नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरूका मागका बारेमा सबै सरोकारवाला निकायकासँग ऐक्यबद्धता र समर्थनका लागि पहल गर्न जिल्ला समितिहरूलाई निर्देशन दिएको छ।

समितिले सोमबार ७७ वटै जिल्ला समितिहरूलाई यस्तो सर्कुलर गरेको हो। समितिले जारी गरेको सर्कुलरमा उल्लेख छ, ‘७७ वटै जिल्ला समितिहरूले यही भदौ ७ गते जिल्लामा सक्रिय संघसंगठन, शिक्षक महासंघ, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु लगायत अन्य सरोकारवाला निकायसँग हाम्रो मागका विषयमा र आन्दोलनको विषयमा बृहत अतरक्रिया गरी सबैको ऐक्यबद्धता साथै समर्थनको लागि पहल गर्ने।’

यस्तै समितिले राहत शिक्षक आन्दोलन, छलफल, लबिङ र मागको सम्बन्धका बारे कसैले पनि भ्रमित वा द्विविधामा पार्ने गरि सार्वजनिक रुपमा टीकाटिप्पणी नगर्न/नगराउन अनुरोध गरेको छ।

नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बैठकले  नेपाल शिक्षक महासंघको घोषित पालिका, जिल्ला र प्रदेशमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा सहभागी भएका सबै राहत शिक्षकहरूलाई धन्यवाद दिएको छ।

प्रकाशित: ४ भदौ २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =