सहरमा आज : दर्शकको पर्खाइमा ‘हराएकी म’ देखि ‘जुलेबी’सम्म

सुस्मिता बजगाईं २ भदौ २०८० ७:०१
104
SHARES
सहरमा आज : दर्शकको पर्खाइमा ‘हराएकी म’ देखि ‘जुलेबी’सम्म

काठमाडौँ-  आज भदौको पहिलो शनिबार। सार्वजनिक बिदा भएकाले विगतका साताजस्तै आज पनि उपत्यकामा भइरहेका विभिन्न मनोरञ्जनात्मक गतिविधिबारे केही जानकारी प्रस्तुत गरेका छौँ।

‘२०२८ झापा विद्रोहको कथा’

थापागाउँस्थित मण्डला थिएटरमा ‘२०२८ झापा विद्रोहको कथा’ नामक पुस्तक विमोचन हुँदैछ। पुस्तकका लेखक निरज कट्टेल हुन्। दिउँसो १ बजे हुने कार्यक्रममा वक्ताहरू धनश्याम भुसाल, सुधीर शर्मा र मानुषी यमि भट्टराई छन्।

ओजसमा ‘हराएकी म’

रातोपुलस्थित ओजस (शैली) थिएटरमा भदौ १ गतेदेखि नाटक ‘हराएकी म’ मञ्चन भइरहेको छ। भोलि (भदौ ३ गते)सम्म मञ्चन गरिने नाटकमा विजयराज आचार्यको कथा छ।

गैरीगाउँ सिनामंगलस्थित लोयोला सेकेन्डरी स्कुलको प्रस्तुति रहेको नाटकको परिकल्पना तथा निर्देशन पुष्पराज अवस्थीले गरेका छन्। नाटकका सहायक निर्देशक भरत महर बिटी हुन्। नाटक बिहान ११ बजे र दिउँसो १ बजे मञ्चन भइरहेको छ।

शिल्पीमा ‘ट्रान्जिट’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा साउन ५ गतेदेखि नाटक ‘ट्रान्जिट’ मञ्चन जारी छ। नाटक मञ्चनको आज अन्तिम दिन हो। नाटकमा नाटककार घिमिरे युवराजको परिकल्पना र निर्देशन छ।

कुमार नगरकोटीको लेखन रहेका नाटकमा तीन मायावीको कथा छ। नाटकले समयको कथा, पात्रको मनस्थितिको कथा र मनभित्र उब्जिएका द्वन्द्वको कथा भन्छ। नाटकमा निर्देशक युवराजसहित कलाकार दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमल्सिना, मिल्सन राईको अभिनय छ। आज (शनिबार) दिँउसो एक बजे मञ्चन गरिनेछ।

सिद्धार्थमा ‘अमलगाम २०२३’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘अमलगाम २०२३’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। भदौ ४ गतेसम्म जारी प्रदर्शनीमा ४९ कलाकारका विभिन्न एनालग फोटो, नक्कल र मूर्तिकलालगायत कलात्मक कलाकृति प्रदर्शनमा छन्।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपालीमा ‘हिँड्दा हिँड्दै’ र ‘जुलेबी’ प्रदर्शन भइरहेको छ। हलिउडमा ‘ब्लु बिटल’ र बलिउडमा ‘घूमर’, ‘हन्टिङ अफ द क्विन मेरी’, ‘गदर २’, ‘ओएमजी २’, ‘जेलर’ र ‘रक्की और रानीकी प्रेम कहानी’ प्रदर्शन भइरहेका छन्।

हिँड्दा हिँड्दै

फिल्म ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेदेखि प्रदर्शन भइरहेको छ। मिलन आले मगर निर्देशित फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत र रेखा शाह मुख्य भूमिकामा छन्। सुशील पंगेनीको लेखन रहेको फिल्म मित्रता, प्रेम र सम्बन्धमा आउने उतारचढावमा आधारित छ। फिल्म राज लामाले निर्माण गरेका हुन्।

फिल्ममा सुमनकुमार तण्डुकरको छायांकन, गौतमराज खड्काको सम्पादन, किरण माइकल र तारा प्रकाश लिम्बूको संगीत, कविराज गहतराज तथा सुरेन्द्र बसेलको कोरियोग्राफी छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्मको सो छ।

जुलेबी

भदौ १ गतेदेखि फिल्म ‘जुलेबी’ प्रदर्शन भइरहेको छ। यौनमनोविज्ञानमा आधारित फिल्मको कथावस्तु रत्नपार्क वरिपरि घुमेको छ। फिल्म एथोलजी विधा बनेको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदीलगायतको अभिनय छ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विवेक खड्काको छायांकन र अजय खड्काको सम्पादन छ। फिल्म आभा शर्माले निर्माण गरेकी हुन्।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, बिग मुभिज, सीडीसी सिनेमाज, बीएसआर मुभिज, बीएसआर मुभिज, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्म ‘जुलेबी’ चलिरहेको छ।

हन्टिङ अफ द क्विन मेरी

ड्रामा र हरर जनरामा बनेको हलिउड फिल्म ‘हन्टिङ अफ द क्विन मेरी’ भदौ १ गतेदेखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। ग्यारी सोरको निर्देशन रहेको फिल्ममा एलिस इभ, टिम डाउनी, नेल हड्सनलगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, क्यूएस सिनेमाज र रञ्जना सिनेप्लेक्समा हलिउड फिल्म ‘हन्टिङ अफ द क्विन मेरी’ चलिरहेको छ।

ब्लु बिटल

हलिउड ‘ब्लु बिटल’ फिल्म नेपालमा भदौ १ गतेदेखि प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ। एन्जल मेनुअल सोटो निर्देशित फिल्ममा सुसान सरान्डन, राउल मेक्स ट्रुजिलो, यड्रियाना बजारालगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेक्याम्स र छाया सेन्टरमा फिलमको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, बीएसआर मुभिज, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स र अष्टनाराण हलमा हलिउड फिल्म ‘ब्लु बेटल’ प्रदर्शन भइरहेको छ।

घूमर

१७ अगस्टदेखि बलिउड फिल्म ‘घूमर’ नेपालमा प्रदर्शन भइरहेको छ। स्पोट्र्स ड्रामा बनेको फिल्म आर बाल्कीले निर्देशन गरेका छन्। फिल्ममा सावाना आज्मी, अभिषेक बच्चन, सायमी खेर र अंगद वेदीलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।  वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स र अष्टनारायण हलमा बलिउड फिल्म ‘घूमर’ प्रदर्शन भइरहेको छ।

गदर २

बलिउड ‘फिल्म ‘गदर २’ साउन २६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता सन्नी देओल र अभिनेत्री अमिषा पटेल मुख्य भूमिकामा छन्। अनिल शर्मा निर्देशित फिल्ममा भारतीय र पाकिस्तान सेनाबीचको विवाद देखाइएको छ। ड्रामा जनरामा बनेको फिल्ममा मनिष वाधवा, गौरव चोपडा, लव सिन्हालगायत कलाकार छन्। सन् २००१ मा आएको फिल्म ‘गदरः एक प्रेम कथा’को दोस्रो भाग हो।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सो छ।
आईएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिजमा बलिउड ‘फिल्म ‘गदर २’ चलिरहेको छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टानारायण हल बलिउड ‘फिल्म ‘गदर २’ चलिरहेका अन्य हल हुन्।

ओएमजी २

बलिउड फिल्म ‘ओएमजी २’ नेपालमा साउन २६ गतेदेखि प्रदर्शन भइरहेको छ। भगवान शिवको दूत बनेका अभिनेता अक्षय कुमारसहित फिल्ममा यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ।

‘ओएमजी २’ सन् २०१२ मा प्रदर्शन भएको ‘ओ माई गड’को दोस्रो भाग हो। पहिलो भागमा अक्षयले भगवान कृष्णको भूमिकामा थिए। आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल र भाटभटेनी भक्तपुमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज,  बिग मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, बीएसआर मुभिजमा बलिउड फिल्म ‘ओएमजी २’ चलिरहेको छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, क्यूएस सिनेमाज र अष्टनारायण हल बलिउड फिल्म ‘ओएमजी २’ चलिरहेका अन्य हल हुन्।

जेलर

दक्षिण भारतीय फिल्म ‘जेलर’ नेपालमा साउन २५ गतेदेखि प्रदर्शनरत छ। नेल्सन दिलीपकुमार निर्देशित फिल्म रजनी कान्त, मोहनलाल, ज्याकी स्राफ, तमन्ना भाटिया, शिवा राजकुमार, राम्य कृष्णलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, सिके सिनेमाज, बीएसआर मुभिज र रञ्जना सिनेप्लेक्समा दक्षिण भारतीय फिल्म ‘जेलर’ चलिरहेको छ।

रक्की और रानीकी प्रेम कहानी

बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ नेपालमा प्रदर्शन भइरहेको छ। साउन १२ गतेदेखि प्रदर्शन जारी फिल्म कमेडी, फिल्मी र ड्रामा जनरमा बनेको छ। किरण जोहरले निर्देशन गरेको फिल्ममा धर्मेन्द्र, रणवीर सिंह, आलिया भट्टलगायत कलाकारले अभिनय गरेका छन्।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, क्यूएस सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज र रञ्जना सिनेप्लेक्स फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ प्रदर्शनरत छ।

प्रकाशित: २ भदौ २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =