‘गदर २’ ट्रेलर : छोरा बचाउन पाकिस्तान पुगेका सन्नी

हिमाल प्रेस ११ साउन २०८० १२:२९
12
SHARES
‘गदर २’ ट्रेलर : छोरा बचाउन पाकिस्तान पुगेका सन्नी

काठमाडौँ-  बलिउड फिल्म ‘गदर २’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा अभिनेता सन्नी देओल र अभिनेत्री अमिषा पटेल मुख्य भूमिकामा छन्।

सन् २००१ मा आएको फिल्म ‘गदर : एक प्रेम कथा’को दोस्रो भाग हो। सिक्वेलमा सन्नी र अमिषा पहिलो भागजस्तै तारा सिंह र सकीनाको भूमिकामा देखिनेछन्। साथै उनीहरूको छोरा जिते सिंह पनि फिल्ममा हुनेछ। जितेको भूमिका उत्कर्ष शर्माले निर्वाह गरेका छन्।  ट्रेलरमा जिते पाकिस्तानमा पक्राउ परेको र तारा उनलाई बचाउन जाने रोमाञ्चक यात्रा देख्न सकिन्छ।

अनिल शर्माको निर्देशन रहेको रोमान्टिक ड्रामामा मनिष वाधवा, गौरव चोपडा, लव सिन्हालगायत कलाकार पनि छन्।  करिब ३ मिनेटको ट्रेलरमा भारतीय सेना र पाकिस्तान सेनाबीचको विवाद देखाइएको छ।  फिल्म अगस्त ११ मा  प्रदर्शन गरिनेछ।

प्रकाशित: ११ साउन २०८० १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =