सहरमा आज : हलहरूमा अंग्रेजी र हिन्दी फिल्म मात्र

सुस्मिता बजगाईं २७ साउन २०८० ६:२५
8
SHARES
सहरमा आज : हलहरूमा अंग्रेजी र हिन्दी फिल्म मात्र

काठमाडौँ- नेपालका फिल्म हलमा शनिबार नेपाली फिल्म चलेका छैनन्। धेरै दिनपछि हलमा नेपाली फिल्मको खडेरी परेको हो। विगतमा जस्तै थिएटरहरूमा नाटक मञ्चन भइरहेका छन् भने हलमा हिन्दी र अंग्रेजी फिल्मकै वर्चस्व छ।

अमलगाम २०२३

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘अमलगाम २०२३’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। भदौ ४ गतेसम्म जारी प्रदर्शनीमा ४९ कलाकारका विभिन्न एनालग फोटो, नक्कल र मूर्तिकलालगायत कलात्मक कलाकृति प्रदर्शनमा छन्।

ट्रान्जिट

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा साउन ५ गतेदेखि नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ।ी भदौ २ गतेसम्म चल्ने नाटकका नाटककार घिमिरे युवराज हुन्। नाटकको परिकल्पना र निर्देशन पनि उनकै छ। कुमार नगरकोटीको लेखन रहेको नाटकले समय, पात्रको मनस्थिति र मनभित्र उब्जिएका द्वन्द्वको कथा भन्छ।

नाटकमा निर्देशक युवराजसहित कलाकार दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमल्सिना, मिल्सन राईको अभिनय छ। नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन भइरहेको नाटक आज (शनिबार) दिँउसो एक बजे मञ्चन गरिनेछ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। बलिउडमा ‘गदर २’, ‘ओएमजी २’, ‘जेलर’ र ‘रक्की और रानीकी प्रेम कहानी’, हलिउडमा ‘मेज २ः द ट्रेन्च’, ‘टल्क टु मी’, ‘बार्बी’ र ‘ओपेनहेइमर’ प्रदर्शन भइरहेका छन्।

गदर २

बलिउड ‘फिल्म ‘गदर २’ साउन २६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता सन्नी देओल र अभिनेत्री अमिषा पटेल मुख्य भूमिकामा छन्। अनिल शर्मा निर्देशित फिल्ममा भारतीय सेना र पाकिस्तान सेनाबीचको विवाद देखाइएको छ। ड्रामा जनरामा बनेको फिल्ममा मनीष वाधवा, गौरव चोपडा, लव सिन्हालगायत कलाकार छन्। सन् २००१ मा आएको फिल्म ‘गदरः एक प्रेम कथा’को दोस्रो भाग हो।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिजमा बलिउड ‘फिल्म ‘गदर २’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल र अष्टनारायण हल बलिउड ‘फिल्म ‘गदर २’ चलिरहेका अन्य हल हुन्।

ओएमजी २

बलिउड फिल्म ‘ओएमजी २’ नेपालमा साउन २६ गतेदेखि प्रदर्शन भइरहेको छ। भगवान् शिवको दूत बनेका अभिनेता अक्षय कुमारसहित फिल्ममा यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ। ‘ओएमजी २’ सन् २०१२ मा प्रदर्शनमा आएको ‘ओ माई गड’को दोस्रो भाग हो। पहिलो भागमा पनि अक्षय भगवान् कृष्णको भूमिकामा थिए।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिजमा बलिउड फिल्म ‘ओएमजी २’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आईप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल र अष्टनारायण हल बलिउड फिल्म ‘ओएमजी २’ चलिरहेको अन्य हल हुन्।

जेलर

दक्षिण भारतीय फिल्म ‘जेलर’ नेपालमा साउन २५ गतेदेखि प्रदर्शन भइरहेको छ। नेल्सन दिलीपकुमार निर्देशित फिल्म रजनी कान्त, मोहनलाल, ज्याकी श्राफ, तमन्ना भाटिया, शिवा राजकुमार, राम्य कृष्णलगायत कलाकारको अभिनय छ।  आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिजमा दक्षिण भारतीय फिल्म ‘जेलर’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल र अष्टनारायण हल दक्षिण भारतीय फिल्म ‘जेलर’ चलिरहेको अन्य हल हुन्।

रक्की और रानी कि प्रेम कहानी

बलिउड फिल्म ‘रक्की और रानी कि प्रेम कहानी’ नेपालमा प्रदर्शन भइरहेको छ। साउन १२ गतेदेखि प्रदर्शन गरिएका फिल्म कमेडी, फिल्मी र ड्रामा जनरमा बनेको छ। किरण जोहरले निर्देशन गरेको फिल्ममा धर्मेन्द्र, रणवीर सिंह, आलिया भट्टलगायत कलाकारले अभिनय गरेका छन्। आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

आज आईइएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, बीएसआर मुभिजमा बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र विश्वज्योति हल बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ चलिरहेका अन्य हल हुन्।

मेज २ : द ट्रेन्च

साउन १९ गतेदेखि हलिउड फिल्म ‘मेज २ः द ट्रेन्च’ नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म साइन्स फिक्सन–एक्सन जनरामा बनेको छ। बेन ह्विटलेको निर्देशन रहेकोे फिल्ममा जेसन स्टेथम, सिएना गुइलोरी, क्लिफ कर्टिस, स्कालर समुएल्सलगायतको अभिनय छ। फिल्म सन १९९९ मा स्टिभन एल्टनले लेखेको उपन्यास ‘द ट्रेन्च’मा आधारित छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टरमा फिल्मको सो छ।

टल्क टु मी

हरर र थ्रिलर जनरामा बनेको हलिउड फिल्म ‘टल्क टु मी’ साउन १२ गतेदेखि नेपालका हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक डेनी फिलिप र माइकल फिलिप हुन्। फिल्ममा सोफी वाइल्ड, जोय वर्ड, अलेक्जेन्ड्रा जेन्सेन, ओतिश धनजीलगायतको अभिनय छ।

आज क्यएफएक्स सिनेमाअन्तर्गत लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

बार्बी

साउन ४ गतेदेखि नेपाली हलहरुमा हलिउड फिल्म ‘बार्बी’ चलिरहेको छ। कमेडी र एक्सन जनरामा बनेको फिल्म ग्रेटा गेर्विगले निर्देशन गरेका हुन्। फिल्ममा मार्गट रोबि, रायन गोस्लिङ, एम्मा म्याकीलगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र छाया सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

ओपेनहेइमर

हलिउड फिल्म ‘ओपेनहेइमर’ साउन ४ गतेदेखि नेपालमा प्रदर्शनरत छ। बायोग्राफीकल र ड्रामा जनरामा बनेको फिल्म क्रिस्टोफर नोलन हुन्। फिल्ममा अमेरिकी वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको कथा र परमाणुबाट बनेको बमको विकासमा उनको भूमिकालाई प्रस्तुत गरिएको छ। फिल्ममा सिलियन मफी, एमिली ब्लन्ट, फ्लोरेन्स पग, रोबर्ट डाउनी, जुनियर म्याट डेमन लगायतको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल र छाया सेन्टर, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

प्रकाशित: २७ साउन २०८० ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =