सामसङ नेपालको रिटेलर मिट, जेड फ्लिप-५ र जेड फोल्ड-५ बारे छलफल

हिमाल प्रेस १ भदौ २०८० १५:११
सामसङ नेपालको रिटेलर मिट, जेड फ्लिप-५ र जेड फोल्ड-५ बारे छलफल

काठमाडौँ- ग्यालेक्सी जेड फ्लिप–५ र जेड फोल्ड–५ को अनावरणपछि सामसङ नेपालले रिटेलर मिट आयोजना गरेको छ। रिटेलर मिटमा कारोबार गर्ने ९० जनाभन्दा बढी व्यापारिक साझेदारको उपस्थिति थियो।

कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड–५ र ग्यालेक्सी जेड फ्लिप–५ का विशेषताका बारेमा छलफल गरिएको थियो। दुवै स्मार्टफोनको स्क्रिन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ।

ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रंगमा उपलब्ध छ। ८ प्लस २५६ जीबी स्टोरेजका साथ उपलब्ध छ हुने फ्लिप ५ को मूल्य १ लाख ३९ हजार ९९९ तोकिएको छ।

ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का निलो गरी दुई रंगमा उपलब्ध छ। यो १२ प्लस २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ। १२ प्लस २५६ जीबीको मूल्य २ लाख २६ हजार ९९९ र १२ प्लस ५१२ जीबीको मूल्य २ लाख ३९ हजार ९९९ कायम गरिएको छ।

यो मोडलका स्मार्टफोन शून्य प्रतिशत ब्याजदरमा प्रतिमहिना ७ हजारसम्मको किस्ताबन्दीमा किन्न सकिने कम्पनीले जानकारी गराएकाे छ।

प्रकाशित: १ भदौ २०८० १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =