बाढी प्रभावित क्षेत्रमा निरन्तर उद्धार : नेपाली सेना

हिमाल प्रेस २९ साउन २०८० १५:५३
6
SHARES
बाढी प्रभावित क्षेत्रमा निरन्तर उद्धार : नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेके बताएको छ। सेनाले हिमाली जिल्ला मुस्ताङदेखि तराईका रौतहटलगायत जिल्लामा उद्धारको काम निरन्तर भइरहेकाे जानकारी साेमबार गराएको हो।

सेनाका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागवेनी बजारलगायतमा प्रभावितको उद्धार कार्य गरिएको छ। उक्त क्षेत्रमा काग खोलाबाट आएको बाढीका कारण बजार क्षेत्र जलमग्न भई २५ भन्दा बढी घरमा क्षति पुगेको पनि नेपाली सेनाले जानकारी दिएको छ।

सो क्षेत्रको कागवेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुलसमेत बगाएकाले आवतजावतमा कठिनाइ भएको छ। सेनाको उध्दार टोलीले सो क्षेत्रमा अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताएको छ।

त्यस्तै रौतहटको राजदेवी नगरपालिका-९, ब्रम्हपुरी क्षेत्र बागमती नदीको तटबन्ध चुहावट भएर प्रभावित बनेको छ। सेनाको टोलीले सो क्षेत्रमा ग्याबिन जाली तथा स्याण्डब्याग भरेर बाँध चुहावट रोकथाम गर्ने काम गरेको छ। साथै मुलुकका अन्य ठाउँमा बाढी तथा पहिरोमा परेर हराएकाहरूको खोजी कार्य जारी रहेको सेनाको भनाइ छ।

प्रकाशित: २९ साउन २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =