उपराष्ट्रपति चीन भ्रमणमा जाँदै

हिमाल प्रेस २९ साउन २०८० ६:२०
6
SHARES
उपराष्ट्रपति चीन भ्रमणमा जाँदै

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन्।

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी सोमबार दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिए।

प्रकाशित: २९ साउन २०८० ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =