चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय भावनालाई मजबुत बनाउँछ : उपराष्ट्रपति

हिमाल प्रेस २७ माघ २०८० ८:०८
4
SHARES
चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय भावनालाई मजबुत बनाउँछ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोनाम ल्होसारजस्ता चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने बताएका छन्।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले सोनाम ल्होसारले समुदाय, समाज र देशमा सामाजिक एकता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, सम्मान र सद्भाव कायम गर्ने उल्लेख गरेका छन्।

गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उनको भनाइ छ।

प्रकाशित: २७ माघ २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =