बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने र परिवारबाट रकम असुल्ने गिरोह प्रहरीको फन्दामा

हिमाल प्रेस २८ साउन २०८० १७:१६
8
SHARES
बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने र परिवारबाट रकम असुल्ने गिरोह प्रहरीको फन्दामा

काठमाडौँ- पोल्याण्डलगायत मुलुक पठाउने भन्दै बंलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाएको खुलेको छ। प्रहरीलेको अनुसन्धानबाट उक्त तथ्य खुलेको हो। बन्धक बनाउने समूहलाई नेपाल प्रहरीले पक्राउ गरी आइतबार सार्वजनकि गरेको हो।

उक्त समूहले बन्धक बनाइएका बंगलादेशी नागरिकका परिवारलगायतबाट रकम असुल्न बार्गेनिङ गरेको र त्यसपछि प्रहरीमा परेको उजुरीको आधारमा पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी गराएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरूलाई बन्धक बनाएर रकम असुलेको आरोपमा पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा दुई नेपाली नागरिक छन्।

प्रहरीका अनुसार इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली रकम असुल्ने गिरोहमा छन्। अन्य ५ जना बंगलादेशी नागरिकमा अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहान्गीर अलाम र ताहमिना बेगम रहेका प्रहरीको भनाइ छ।

उनीहरूले बंगलादेशबाट विभिन्न प्रलोभनमा नेपाल ल्याई बन्धक बनाएर परिवारसँग रकम मागेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए।

आफुहरूसँग भएको रकम असुल गरेर परिवारसँग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक बंगाली नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान गर्दा गिरोहलाई पक्राउ गर्न सफल भएको उनले बताए।

विदेश पठाउने प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उनले जानकारी दिए। पत्रकार सम्मेलनमा बंगलादेशी पीडित नागरिकहरूले आफूहरूलाई एजेण्डले पोल्याण्डलगायत देश पठाउनका लागि पाँच लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन्। नेपाल आएपछि आफूहरूसँग खर्चका लागि भएको पैसा, मोबाइल पनि लिएको बताएका छन्।

प्रकाशित: २८ साउन २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =