राजस्व छुट पाएपछि महिलाको नाममा जग्गा पास गर्ने बढे

हिमाल प्रेस २७ साउन २०८० १३:१०
18
SHARES
राजस्व छुट पाएपछि महिलाको नाममा जग्गा पास गर्ने बढे फाइल तस्बिर।

तनहुँ- गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ। गत आवमा कुल २ हजार ८ सय ८४ वटा लिखत पारित भएकोमा महिलाका नाममा मात्रै २ हजार ६ सय २८ पास भएको कार्यालयले जानकारी दिएको छ।

गत आवमा जग्गा रजिष्ट्रेसन पासबापत २४ लाख ८४ हजार ६ सय २ रुपैयाँ राजस्वमा छुट दिएको कार्यालयका सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए। महिला, दलित तथा जनजाति, सहिद परिवार, अपांगता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था भएकाले  महिलाकाे नाममा जग्गा पास गर्नेकाे संख्या बढेकाे उनले बताए।

ग्रामीण क्षेत्रका महिलाको तुलनामा बजार क्षेत्रका महिलाको नाममा जग्गा पास गर्नेको संख्या दोब्बर रहेको तनहुँकाे तथ्यांक छ। ग्रामीण क्षेत्रका ९ सय ७० र सहरी क्षेत्रका एक हजार ९ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ।

महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेकाे उनकाे भनाइ थियाे। मालपोत कार्यालय तनहुँले गत आवमा कुल  ३० करोड ८४ लाख ३ हजार ५४  रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा १३ करोड ८२ लाख ७४ हजार ६ सय १० रुपैयाँ कम हो।

त्यसैगरी आव २०७८/७९ मा ४ हजार ५ सय ४२ लिखत पारित हुँदा ४ करोड ५५ लाख ३ हजार ५ सय २५ रुपैयाँ छुट दिइएकाे छ। सो आवमा ४४ करोड ६८ लाख ४ हजार ६ सय ६४ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए। रासस

प्रकाशित: २७ साउन २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =