विद्यालय शिक्षा विधेयक सच्याउन सडकबाट दबाब [तस्बिरसहित]

दिपेश श्रेष्ठ २५ साउन २०८० १४:०६
180
SHARES
विद्यालय शिक्षा विधेयक सच्याउन सडकबाट दबाब [तस्बिरसहित]

काठमाडौँ- साउन १६ को  मन्त्रिपरिषद्‌बाट पारित विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा सरोकारवालाहरूबाट असन्तुष्टि प्रकट  भइरहेको छ।  सामुदायिक विद्यालयमा कार्यरत राहत र अनुदान कोटाका शिक्षक, बाल विकास (ईसीडी) शिक्षक, विद्यालय कर्मचारी मात्रै होइन शिक्षकका पेसागत संघसंगठनले पनि विरोधका विभिन्न कार्यक्रम तय गरिरहेका छन्।

शिक्षक र कर्मचारी त आफ्ना माग र मुद्दा नसमेटिएको भन्दै असन्तुष्ट छन् नै  निजी विद्यालयका सञ्चालकले पनि विधेयकका प्रावधान सच्याउन दबाब दिइरहेका छन्। विधेयक सच्याउन माग राख्दै निजी विद्यालयका सञ्चालकहरू  प्याब्सन, हिसान र नेसनल प्याब्सनले बिहीबार राजधानीको माइतीघरमा विरोध कार्यक्रम गरेका हुन्। विधेयक संसद्‌मा टेबुल हुन बाँकी नै छ।

 

प्रकाशित: २५ साउन २०८० १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =