भीमदत्त राजमार्ग अझै अवरुद्ध

हिमाल प्रेस २४ साउन २०८० १०:१७
2
SHARE
भीमदत्त राजमार्ग अझै अवरुद्ध

धनगढी- पहिरोका कारण सोमबार रातिदेखि अवरुद्ध भीमदत्त राजमार्ग अझै चल्न सकेको छैन।

राजमार्ग अन्तर्गत कैलालीको बुढीतोला र खानीडाँडाको बीचमा पहिरोले सडक भासिएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात अवरुद्ध भएको हो।

आज (बुधबार) बिहानैदेखि फेरि पहिरो पन्छ्याउने कार्य भइरहेको भएपनि पानी परिरहेकाले समस्या भएको छ।

राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। पहिरो पन्छ्याउनका लागि मंगलबारदेखि प्रयास भइरहेको भएपनि लगातारको वर्षाले समस्या भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

केही यातायातका साधनहरुले पल्टी गरेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने प्रयास गरिरहेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको छ।

प्रदेशका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले मंगलवार भिमदत्त राजमार्गको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।

प्रकाशित: २४ साउन २०८० १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =