सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

हिमाल प्रेस २३ साउन २०८० ८:२६
30
SHARES
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी- अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो।

पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्। सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ।

राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन पनि बाटोमै छन्।

सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यका लागि हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ साउन २०८० ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =