
सुर्खेत- जातीय विभेद अन्त्य गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन। आज (मंगलबार) कर्णालीको राजधानी वीरेन्द्रनगरमा भएको विश्वव्यापी आवधिक समीक्षा तथा महिला विरुद्धको भेदभाव उन्मूलनसम्बन्धी महासन्धि कार्यक्रमका सहभागीहरूले अझै पनि नेपालमा विभिन्न प्रकारका विभेद कायमै रहेकाले सरकारी तथा गैरसरकारी संघसंस्थाको ध्यान जानुपर्नेमा जोड दिएका हुन्।
नेपालले अन्तर्राष्ट्रिय स्तरमा पुगेर विभिन्न क्षेत्रमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने उनीहरूले गुनासो गरे। कार्यक्रममा दलित महिला संघका सस्थापक केन्द्रीय अध्यक्ष दुर्गा सोबले महिला हिंसाका मुद्दालाई मानवअधिकारको रूपमा आत्मसात् गर्दै सम्बोधन गर्नुपर्ने बताइन्।
प्रकाशित: २३ साउन २०८० १९:१८
प्रतिक्रिया