उपचारका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई अस्पतालले दियाे क्षतिपूर्ति

हिमाल प्रेस २० साउन २०८० २१:२२
30
SHARES
उपचारका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई अस्पतालले दियाे क्षतिपूर्ति मनकामना अस्पताल प्रांगणमा मृतकका आफन्तसहित। तस्बिर : कान्तिपुरहेल्थ

चितवन- यहाँको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ। अस्पतालले २७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएपछि परिवारजनले मृतकको शव उठाएका छन्।

भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो। मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो।

अत्यधिक रक्तश्रावका कारण उनको गए राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो। मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए। सहमतिपछि अस्पतालले शनिबार नै २७ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन्। नवीनाको मृत्युपछि शनिबार बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए। उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको थियाे। तर पनि बचाउन नसकिएको अस्पतालकाे भनाइ छ। परिवारले पाँच वर्षकी छोरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो। रासस

प्रकाशित: २० साउन २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =