पुँजी पुर्‍याउन हकप्रद सेयर निकाल्ने तयारीमा चार बिमा कम्पनी

हिमाल प्रेस १९ साउन २०८० १३:३५
14
SHARES
पुँजी पुर्‍याउन हकप्रद सेयर निकाल्ने तयारीमा चार बिमा कम्पनी

काठमाडौँ- नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्‍याउन चार बिमा कम्पनीले हकप्रद सेयर निकाल्ने तयारी गरेका छन्।
नेपाल बिमा प्राधिकरणले २०७८ चैत्रमा एक वर्षभित्र निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड र जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब पुर्‍याउने निर्देशन दिएको थियो।

प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन धेरैले मर्जरको सहायत लिएका छन्। तर चार कम्पनीले मर्जर नगरेरै तोकिएको पुँजी पुर्‍याउने योजना पुनः प्राधिकरण समक्ष पेस गरेका हुन्।
कम्पनीहरूले हकप्रद सेयर जारी गर्ने, विदेशी लगानीकर्ता भित्र्याउने, जग्गा बिक्री गर्नेलगायतबाट पुँजी पुर्‍याउने लक्ष्य राखेका छन्।

एशियन लाइफ इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धिका लागि ४२ प्रतिशत हकप्रद सेयरका माध्यमबाट जुटाउने योजना रहेको जानकारी दिएको छ। एशियनसँग हाल ३ अर्ब १५ करोड ५३ लाख चुक्ता पुँजी छ।

नेपाल इन्स्योरेन्स कम्पनीले जग्गा बिक्री र हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी जुटाउने प्रतिबद्धतासहितको योजना पेस गरेको छ। कम्पनीले जग्गा बिक्रीबाट मात्रै ३० करोड रुपैयाँ जोहो गर्ने योजना समावेश गरेको छ।
प्रभु इन्स्योरेन्स कम्पनीले विदेशी लगानीकर्ता ल्याउने र ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना रहेको प्राधिकरणसँग बताएको छ।

प्रभुको हाल १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी छ। हकप्रद सेयरबाट चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्‍याउने यसको लक्ष्य छ। त्यस्तै नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी जुटाउने योजना प्राधिकरणलाई बुझाएको छ।

प्रकाशित: १९ साउन २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =