बजरंगी भाईजान फिल्मको ‘तु जो मिला’का गायक जावेद अली नेपालमा

हिमाल प्रेस १८ साउन २०८० २०:२९
26
SHARES
बजरंगी भाईजान फिल्मको ‘तु जो मिला’का गायक जावेद अली नेपालमा

काठमाडौँ- फिल्म बजरंगी भाईजानको ‘तु जो मिला’ गीतका गायक जावेद अली नेपाल आएका छन्। काठमाडौँको सोल्टीस्थित ‘प्रिभे नेपाल’मा शुक्रबार हुने प्रस्तुतिका लागि उनी नेपाल आइपुगेका हुन्।

लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको ‘जावेद अली लाइभ इन नेपाल’का लागि उनी नेपाल आएका हुन्। शुक्रबार हुने उनको प्रस्तुति हेर्न माईपे डिजिटल वालेटबाट टिकट लिन सकिने माईपेले जानकारी दिएको छ।

पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका उनी उस्ताद हमिद हुसेनका छोरा हुन्। सानैदेखि लोकप्रिय कव्वाली गायनको वातावरणमा हुर्केका उनी विभिन्न संगीत प्रतियोगितामार्फत चर्चामा आएका हुन्।

पछिल्लो समय बलिउडमा जमेका कालाकारका रूपमा उनलाई लिइन्छ। उनले फिल्म बजरंगी भाईजानको ‘तु जो मिला’ गाउन अघि ‘रकस्टार’को ‘कौन फाया कौन’, ‘गजनी’को ‘गुजारिश’, ‘रांझना’को ‘तुम तक’लगायत पाँच सयभन्दा बढी हिन्दी गीत गाइसकेका छन्।

प्रकाशित: १८ साउन २०८० २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =