नेपाल आउँदै बलिउड गायक जावेद अली

हिमाल प्रेस ११ साउन २०८० १३:३२
8
SHARES
नेपाल आउँदै बलिउड गायक जावेद अली

काठमाडौँ- बलिउडका चर्चित गायक जावेद अली नेपाल आउने भएका छन्। उनी राजधानी काठमाडौँमा लाइभ कन्सर्टका लागि साउन १९ अर्थात् अगस्त ४ मा आउँदैछन्।

उनलाई नेपाल क्लब प्रिभेले ल्याउँदै हो। यसअघि बलिउड गायक पपोनको कन्सर्ट गरिसकेको क्लबले जावेदलाई पहिलोपटक नेपालमा कन्सर्टका लागि ल्याउँदैछ।

काठमाडौँमा कन्सर्ट गर्न आफू उत्साहित भएको जावेदले बताएका छन्। उनले एक भिडियोमार्फत नेपाली प्रशंसकसँग छिट्टै भेट हुने जनाएका छन्। साथै प्रशंसकहरूलाई सांगीतिक कार्यक्रममा सहभागी हुन आग्रह पनि गरेका छन्।

बलिउड फिल्म ‘गजनी’, ‘गोलमाल’, ‘जब बी मेट’, ‘रकस्टार’, ‘गुण्डे’, ‘बजरंगी भाइजान’लगायत फिल्मका लागि गीत गाएका छन्। त्यस्तै आमिर खान, सलमान खानलगायत बलिउड सुपरस्टारका लागि स्वर दिएका छन्।

पछिल्लो समय जावेदको स्वरमा रहेको दक्षिण भारतीय फिल्म ‘पुष्पा’को हिन्दी भर्सनमा समावेश गीत ‘श्रीवल्ली’ निकै चर्चित भएको थियो।

कार्यक्रम सोल्टी होटलमा रहेको क्लब प्रिभेमा बेलुका ७ बजेदेखि सुरु हुनेछ।

प्रकाशित: ११ साउन २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =