मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर’मा छुट

हिमाल प्रेस १८ साउन २०८० १६:०१
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर’मा छुट

काठमाडौँ- मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर’मा छुट पाउने भएका छन्। बैंकको भिसा डेबिड कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई छुट उपलब्ध गराउन सो संस्थासँग सम्झौता गरेको हो।

काठमाडौँको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डायग्नोस्टिक एण्ड वेलनेस सेन्टर’का सेवाहरूमा आफ्ना ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ। दुई संस्थाको सम्झौताले डिजिटल कारोबार प्रोत्साहन गर्न मद्दत पुग्ने पनि बैंकले बताएको छ।

प्रकाशित: १८ साउन २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =