विद्युतीय भुक्तानीसम्बन्धी मुक्तिनाथ विकास बैंकको घरदैलो

हिमाल प्रेस १६ वैशाख २०८० १४:५८
282
SHARES
विद्युतीय भुक्तानीसम्बन्धी मुक्तिनाथ विकास बैंकको घरदैलो

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले विद्युतीय भुक्तानीसम्बन्धी साक्षरता बढाउन घरलदैलो कार्यक्रम गरेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनका रूपमा मनाउने अभियानअनुसार मुक्तिनाथ विकास बैंकले घरदैलो कार्यक्रम गरेको हो।

मुक्तिनाथ विकास बैंकका कर्मचारीहरूले शुक्रबार र शनिबार ‘बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम’ सम्पन्न गरेका हुन्।

कार्यक्रममा बैंकिङ सेवा सुविधाहरूबारे जानकारी गराइएको बैंकले जानकारी दिएको छ। बैंकले विभिन्न विद्यालय, कलेज, समुदाय केन्द्र तथा सार्वजनिक स्थलहरूमा सर्वसाधारणको उल्लेख्य उपस्थितिमा कार्यक्रम गरेको हो। ‘जनता बैंकमा हैन बैंक जनतामा जानुपर्दछ’ भावना मनन् गर्दै बैंकले घरदैलोमा पुगेर कार्यक्रम गरिएको बताएको छ।

कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित कर्मचारीहरू र केही संस्थापक शेयरधनीहरूले पनि सहभागिता जनाएका थिए।

 यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम सर्वसाधारण तथा बैंकका ग्राहकका लागि उपयोगी हुने अपेक्षा बैंकले गरेको छ। ‘सहभागीहरूले बैंकिङ सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनसम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ क्षेत्रबारे पनि साक्षरता बढ्नेछ।’

त्यस्तै बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न आफ्नो एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ।

 त्यस्तै प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मालगायतका सुविधा पनि ल्याएको छ।

प्रकाशित: १६ वैशाख २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =