प्रधानन्यायाधीशको नाम सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दै

हिमाल प्रेस १८ साउन २०८० ७:४५
6
SHARES
प्रधानन्यायाधीशको नाम सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ– प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्ने भएको छ। मंगलबार बसेको परिषद्को बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुन: बैठक बस्न लागेको हो।

दलहरूले सहमित जुटाउन नसक्दा मंगलबारको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। बैठक आज साँझ ५ बस्ने बताइएको छ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियामा जाने कानुनी व्यवस्था छ।

अहिलेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल शनिबारदेखि सकिँदैछ। यसअघि ०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा सर्वोच्चमा कार्यसम्पादन हुँदै आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =