मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

हिमाल प्रेस १७ साउन २०८० १८:०९
10
SHARES
मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

इटहरी- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको पनि समर्थन लिएर थापा मुख्यमन्त्री भएका हुन्। यसैबीच मुख्यमन्त्री थापाले माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका छन्।

गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रकाशित: १७ साउन २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =