कमल थापाले राजेन्द्र लिङ्देनलाई भने : सत्ताको फोहोरी खेलमा नलाग्नुस्, आउनुस् सँगै आन्दोलन गरौँ

हिमाल प्रेस १७ साउन २०८० १६:४७
28
SHARES
कमल थापाले राजेन्द्र लिङ्देनलाई भने : सत्ताको फोहोरी खेलमा नलाग्नुस्, आउनुस् सँगै आन्दोलन गरौँ राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेलमा नलागी सडकमा आउन र सँगै आन्दोलनमा जान आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे।

‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस्, हामी सँगै आन्दोलनमा जान तयार छौँ,नेतृत्व समस्याको विषय हुदैन’ उनले भने।

थापाले केशरबहादुर बिष्ट ,दुर्गा प्रसाईं , किशोरी महतोलगायत विभिन्न समूहमा रहेका शक्तिहरूलाई एकताबद्ध भएर आन्दोलनमा जान पनि आह्वान गरे। ‘अहिले हामीलाई आन्दोलन चाहिएको छ ,निकास चाहिएको छ, विकास चाहियको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ उनले भने, ‘हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र पद प्रतिष्ठा गौण भएर जाने गरी अघि बढौँ।’

प्रकाशित: १७ साउन २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =