मुम्बईमा क्रेन भाँचिँदा १७ जना मजदुरकाे मृत्यु

हिमाल प्रेस १६ साउन २०८० १५:२५
14
SHARES
मुम्बईमा क्रेन भाँचिँदा १७ जना मजदुरकाे मृत्यु तस्बिर : एनडीटीभी

महाराष्ट्र- महाराष्ट्रको थानेमा निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँचिँदा १७ जना मजदुरको मृत्यु भएको छ। थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाए हुन्। थप तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीलाई उधृत गर्दै एएनआईले उल्लेख गरेकाे छ।

दुर्घटना गएराति साढे एक बजे भएको हो। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाको जाँचबुझ गर्न निर्देशन दिएका छन्। उनले मृतकका परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने  घोषणा गरेका छन्। स्विट्जरल्याण्डको कम्पनीले द्रुतमार्ग निर्माण गरिरहेको छ।

दुर्घटनाका बेला त्यहाँ ३० जना मजदूर काम गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन्। भग्नावशेष पञ्छाउने र हराएकाको खोजी भइरहकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारजनमा समवेदना एवम् सहानुभूति व्यक्त गरेका छन्।

साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सहायता कोषबाट मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ सहयोग उपलव्ध गराउने तथा प्रत्येक घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेका छन्। रासस/एएनआई

प्रकाशित: १६ साउन २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =