एकीकृत समाजवादीका केन्द्रीय सदस्य उप्रेती एमालेमै फर्किए

हिमाल प्रेस १६ साउन २०८० ११:२६
एकीकृत समाजवादीका केन्द्रीय सदस्य उप्रेती एमालेमै फर्किए

काठमाडौँ- पूर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किएका छन्।

सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती एमाले फर्किएका हुन्। एमाले नेताहरू हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुगेका थिए।

त्यस क्रममा उप्रेतीले ओलीसँग १० मिनेट छुट्टै वार्तासमेत गरेको वाग्लेले जानकारी दिए।

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज तथा सचिव योगेश भट्टराई, एमाले सांसद हरि उप्रेती, ज्वाला साहलगायत नेताले पहल गरेका थिए।

तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेती ०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछि रूष्ट थिए। सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उनलाई उम्मेदवार बनाएको थियो।

त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उनी सर्लाही ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी थिए। गत ४ मंसिर०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाएका उप्रेतीले चुनावमा पराजित भए।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएको बुझाइ छ।

प्रकाशित: १६ साउन २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =