प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

हिमाल प्रेस १६ साउन २०८० ७:२५
22
SHARES
प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ४ बजेका लागि बैठक बोलाएका छन्।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० बाट अनिवार्य अवकाशमा जाँदै छन्।​​ सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नै प्रधानन्यायाधीशको रोलक्रममा छन्। त्यसपछि ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य छन्।​

परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ। संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ।

मंगलबार नै परिषद्ले सिफारिस गरे संसदीय सुनुवाइ समितिमा पठाइनेछ।

प्रकाशित: १६ साउन २०८० ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =