फाइल तस्बिर।
काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौरा पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहु जातीय, बहु धार्मिक, बहुभाषिक र बहु सांस्कृतिक विविधता भएको हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको उनले बताएका छन्।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेष गरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो। यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ।
प्रकाशित: ७ भदौ २०८० ८:११ | Thursday, August 24, 2023
प्रतिक्रिया



