कर्णाली प्रदेशसभा नियमावली संशोधन समिति गठन प्रस्ताव पारित

हिमाल प्रेस १५ साउन २०८० ७:२२
4
SHARES
कर्णाली प्रदेशसभा नियमावली संशोधन समिति गठन प्रस्ताव पारित

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ।

सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आवश्यक भएकाले आइतबारको बैठकमा सो सम्बन्धि प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

सो समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा सदस्य हिक्मत विष्टले बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए।

सदस्य विष्टले ३ महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कल्याणी खड्का टेकराज पछाई देवेन्द्र शाही, पूर्ण खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही, हिक्मत विष्ट सो समितिमा रहने गरी बैठकमा प्रस्ताव प्रस्तुत गरे।

उक्त प्रस्ताव प्रदेशसभा सदस्य पछाईले समर्थन गरेसँगै सभामुख गुरुङले सभाबाट सर्वसहमतिले अनुमोदन भएको घोषणा गरेकी हुन्। प्रदेशसभाको अर्को बैठक मंगलबार बस्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =