सहरमा आज

हलिउड फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’ सँगको प्रतिस्पर्धामा ‘बगान’ र ‘जारी’

सुस्मिता बजगाईं १३ साउन २०८० ६:२६
4
SHARES
हलिउड फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’ सँगको प्रतिस्पर्धामा ‘बगान’ र ‘जारी’

काठमाडौँ- सधैँको शनिबारजस्तै उपत्यकाका विभिन्न नाटकघरमा नाटक मञ्चन जारी छ। त्यस्तै हलमा नेपाली, बलिउड र हलिउड फिल्म प्रदर्शन भइरहेका छन्। यी हुन् राजधानीमा जारी मनोरञ्जनात्मक गतिविधि :

सर्वनाममा ‘रुपान्तरण’

डिल्लीबजारको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज नाटक ‘रुपान्तरण’ मञ्चन हुँदै छ। पर्फर्मिङ आर्टस् फर चिल्ड्रेनको प्रस्तुति रहेको नाटक पौने १२ बजे मञ्चन गरिनेछ। धीरज थापा मगरको परिकल्पना तथा निर्देशन रहेको नाटकको कोरियोग्राफी तथा सह–निर्देशन रबिना परियारले गरेकी छन्।

शिल्पीमा ‘ट्रान्जिट’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा साउन ५ गतेदेखि नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ। आगामी भदौ २ गतेसम्म भल्ने नाटकका नाटककार घिमिरे युवराज हुन्। नाटकको परिकल्पना र निर्देशन पनि उनकै छ। कुमार नगरकोटीको लेखन रहेको नाटकमा निर्देशक युवराजसहित कलाकार दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, बासना तिमल्सिना, मिल्सन राईको अभिनय छ।

मंगलबारबाहेक साताको प्रत्येक दिन साझ साढे पाँच बजे मञ्चन भइरहेको नाटक आज (शनिबार) दिँउसो एक बजे मञ्चन गरिनेछ।

मण्डलामा ‘चक्र’ र ‘हिउँभन्दा चिसो’

थापागाउँस्थित मण्डला थिएटरमा साउन ४ गतेदेखि नाटक ‘चक्र’ मञ्चन भइरहेको छ। साउन १४ गतेसम्म चल्ने नाटकका परिकल्पनाकार तथा निर्देशक रामप्रसाद ढकाल हुन्। नाटक परिवर्तन र संघर्षको कथामा आधारित छ।

सोमबारबाहेक साताको प्रत्येक दिन दिउँसो चार बजे मञ्चन भइरहेको नाटक आज शनिबार भने दिउँसो १ बजेको अतिरिक्त मञ्चन हुँदैछ।  मण्डलामै असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’को मञ्चन जारी छ। नाटक आगामी साउन १४ गतेसम्म मञ्चन गरिनेछ। मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्देशक सोमनाथ खनाल हुन्।

नाटकमा कलाकार भोला सापकोटा, रेणु योगी र गोविन्द सुनारले अभिनय गरेका छन्।  सोमबारबाहेक साताको प्रत्येक दिन साँझ पौने छ बजे मञ्चन भइरहेको नाटक शनिबार दिउँसो दुई बजे अतिरिक्त मञ्चन हुनेछ।

पुरानो नाटकघरमा ‘ट्युवेल’

सिनामंगलस्थित पुरानो नाटक घरमा असार १५ गतेदेखि नाटक ‘ट्युवेल’ मञ्चन भइरहेको छ। नाटकमा तराईका किसानले सिँचाइसम्बन्धी भोगेका समस्यालाई देखाइएको छ।

रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजीव चौधरी, कुन्दन थारु, रोहित रजकलगायत कलाकारको अभिनय छ।

साउन १५ सम्म चल्ने नाटक बुधबारबाहेक साताको प्रत्येक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘बगान’ र ‘जारी’ हलमा चलिरहेका छन्।

हलिउडमा ‘टल्क टु मी’, ‘बार्बी’ र ‘ओपेनहाइमर’ बलिउडमा ‘रक्की और रानीकी प्रेम कहानी’, ‘धुमम’, ‘मिसन : इम्पोसिबल–रेकनिङ पार्ट वान’ प्रदर्शन भइरहेका छन्।

बगान

फिल्म ‘बगान’ असार २९ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ। एकल महिलाको कथामा आधारित फिल्मका निर्देशक सरोज खनाल हुन्। फिल्ममा निर्देशक सरोजसहित करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, वसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘बगान’ प्रदर्शनरत छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ ले १०० दिन मनाइसकेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्मलाई निकैले रुचाएका छन्।

फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मलमा फिल्म प्रदर्शनरत छ।

रक्की और रानीकी प्रेम कहानी

बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ प्रदर्शन भइरहेको हिन्दी फिल्म हो। साउन १२ गतेदेखि प्रदर्शन गरिएका फिल्म कमेडी, फिल्मी र ड्रामा जनरमा बनेको छ। किरण जोहरले निर्देशन गरेको फिल्ममा धर्मेन्द्र, रणवीर सिंह, आलिया भट्टलगायत कलाकारले अभिनय गरेका छन्।

आज क्यएफएक्स सिनेमाअन्तर्गत लबिम मल, सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाका लोत्से मल, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिजमा बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

धुमम

एक्सन एडभेन्चर र ड्रामा जनरामा बनेको बलिउड फिल्म साउन १२ गतेदेखि नेपाली हलहा प्रदर्शन भइरहेको छ। पवन कुमारको निर्देशनमा बनेको फिल्ममा फहाद फसिल, अपर्ण बालामुरली, रोशनलगायतको अभिनय छ।

आज आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीडीसी सिनेमाज, सिके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘धुमम’ चलिरहेको छ।

मिसन :  इम्पोसिबल- रेकनिङ पार्ट वान

असार २९ गतेदेखि नेपालका हलहरुमा बलिउड फिल्म ‘मिसन : इम्पोसिबल-रेकनिङ पार्ट वान’ प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक क्रिस्टोफर एमसी हुन्। फिल्ममा टम क्रुज, हेली एटवेल, विङ रेम्स, साइमन पेगलगायत कलाकारको अभिनय छ।

आज क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको एकएक सो छ।

टल्क टु मी

हरर र थ्रिलर जनरामा बनेको हलिउड फिल्म ‘टल्क टु मी’ साउन १२ गतेदेखि नेपालका हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक डेनी फिलिप र माइकल फिलिप हुन्। फिल्ममा सोफी वाइल्ड, जोय वर्ड, अलेक्जेन्ड्रा जेन्सेन, ओतिश धनजीलगायतको अभिनय छ।

आज क्ययूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिजमा हलिउड फिल्म ‘टल्क टु मी’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हल र कीर्तिपुर सिनेप्लेक्स हलिउड फिल्म ‘टल्क टु मी’ चलिरहेका अन्य हल हुन्।

बार्बी

साउन ४ गतेदेखि नेपाली हलमा हलिउड फिल्म ‘बार्बी’ चलिरहेको छ। कमेडी र एक्सन जनरामा बनेको फिल्म ग्रेटा गेर्विगले निर्देशन गरेका हुन्। फिल्ममा मार्गट रोबी, रायन गोस्लिङ, एम्मा म्याकीलगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिजमा हलिउड फिल्म ‘बार्बी’ लिरहेको छ।

वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स हलिउड फिल्म ‘बार्बी’ प्रदर्शनरत छ।

ओपेनहाइमर

हलिउड फिल्म ‘ओपेनहाइमर’ साउन ४ गतेदेखि नेपालमा प्रदर्शनरत छ। बायोग्राफिकल र ड्रामा जनरामा बनेको फिल्म क्रिस्टोफर नोलन हुन्। फिल्ममा अमेरिकी वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको कथा र परमाणुबाट बनेको बमको विकासमा उनको भूमिकालाई प्रस्तुत गरिएको छ। ओपेनहाइमर परमाणु बमका पिता मानिन्छन्। फिल्ममा सिलियन मफी, एमिली ब्लन्ट, फ्लोरेन्स पग, रोबर्ट डाउनी, जुनियर म्याट डेमनलगायतको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, छाया सेन्टर र सिभिल मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाका लोत्से मल, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिजमा हलिउड फिल्म ‘ओपेनहाइमर’ प्रदर्शन भइरहेको छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, सीके सिनेमाज, क्यूएस सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हल र कीर्तिपुर सिनेप्लेक्स हलिउड फिल्म ‘ओपेनहाइमर’ चलिरहेको अन्य हल हुन्।

प्रकाशित: १३ साउन २०८० ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =