इटाली भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड [तस्बिरहरू]

दिपेश श्रेष्ठ १२ साउन २०८० १०:४३
40
SHARES
इटाली भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड [तस्बिरहरू]

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार (आज) स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन एक हप्ताअघि त्यहाँ गएका प्रचण्ड आज स्वदेश फर्किएका हुन्।

इटलीमा उक्त कार्यक्रममा सहभागी भएका प्रचण्डले‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए।

सो क्रममा उनले बंगलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता पनि गरेका थिए।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ : ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत साथै प्रधानमन्त्री प्रचण्डको सचिवालय सदस्यहरू लगायतको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =