यौनशोषण मुद्दामा हलिउड कलाकारले पाए सफाइ

हिमाल प्रेस ११ साउन २०८० ११:३५
6
SHARES
यौनशोषण मुद्दामा हलिउड कलाकारले पाए सफाइ

काठमाडौँ- हलिउड अभिनेता केभिन स्पेसीले बेलायत अदालतबाट यौन मुद्दामा सफाइ पाएका छन्।
बेलायतको अदालतबाट यौन अदालतका नौ मुद्दाबाट केभिनले सफाइ पाएका हुन्।

उनीविरुद्ध सन् २००१ देखि २०१३ चार पुरुषमाथि यौनशोषण गरेको आरोपमा मुद्दा चलिरहेको छ। जसमा अदालतले उनलाई दोषी पाएन। ६४ वर्षीय स्पेसीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका थिए।

अदालतले आफूलाई निर्दोष भन्दा उनी भावुक भएका थिए। निर्णय गर्ने न्यायाधीशलाई धन्यवाद भन्दै उनले बयान दिएका थिए। सञ्चारमाध्यमसँग कुराकानी गर्दा उनले भनेका थिए, ‘तपाईंहरू मलाई बुझ्न सक्नुहुन्छ। आजको निर्णयपछि अब मैले धेरै बोलिरहनु पर्दैन।’

स्पेसी दुईपटक अस्कर अवार्ड विजेता हुन्। उनीमाथि एक व्यक्तिको सहमतिबिना यौन क्रियाकलापमा सामेल भएको आरोप थियो। स्पेसीले आफ्नो यौन शोषण गरेको आरोप पीडितको थियो। पीडितमध्ये एक पूर्वकलाकार थिए।

लागूऔषध सेवन गराएर स्पेसीले आफ्नो यौनशोषण गरेको उनले बताएका थिए। आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको स्पेसीले बताउँदै आएका थिए।

तिनलाई उनले मूर्खतापूर्ण भनेका थिए। आफूलाई फसाउन आरोप लगाइएको उनको भनाइ थियो।

प्रकाशित: ११ साउन २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =