कांंग्रेसकै सांसद सुनिल शर्माले संसद्‌मा मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

संसद्‌मै आमरण अनसन बस्ने चेतावनी

हिमाल प्रेस १० साउन २०८० १५:२८
14
SHARES
कांंग्रेसकै सांसद सुनिल शर्माले संसद्‌मा मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। महत कांग्रेसबाट मन्त्री भएको हुन् भने श्रेष्ठ माओवादीका हुन्।  महत अर्थमन्त्री नियुक्ति भएसँगै भ्रष्टाचार मौलाएको शर्माको आरोप छ।

पछिल्लो समय सुन प्रकरणलाई जोड्दै उनले नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा पनि माग गरे। ‘सुन काण्डका विषयमा हाम्रा पनि कुरा छन् म राख्दैछु। चैतको १७ गते अर्थमन्त्री शपथ खानु भो। त्यसपछि घटना वैशाख २० गते अर्थसचिव परिवर्तन गरियो। जेठ १७ गते भन्सार कार्यालयको प्रमुखको सरुवा भयो अहिले क्विन्टलका क्विन्टल सुन छिरेको छ’, शर्माले भने।

उनले गृहमन्त्री र अर्थमन्त्रीले यो प्रकरणबारे प्रस्ट नपार्नु नै उनीहरूले पदमा बस्ने आधार गुमाइसकेको पनि बताए। ‘यो देशको अर्थमन्त्री र गृहमन्त्रीले यो थाहा छैन भन्ने हो भने पदमा बस्ने नैतिक आधार गुमाइसक्नुभएको छ’, उनले भने। उनले विगतमा आफ्नो खातामा डलर आएको पाइएपछि तत्कालीन अर्थमन्त्री रामशरण महतले पदबाट राजीनामा दिएको उनले उदाहरण दिए। मन्त्रीहरूले सुनको मालिक पक्राउ नगरे आफूले संसद‌्‌मै आमरण अनशन बस्ने पनि बताए।

‘उहाँहरूले सुनकै मालिक पक्रियौँ भन्नुपर्‍यो। यति दिनसम्म मुख्य नाइके पक्राउ गर्छौँ भन्नुपर्‍यो। मुख्य मालिक पक्राउ नहुँदासम्म अनुसन्धानका लागि पदबाट राजीनामा दिनुपर्छ। यो विषय पक्ष र प्रतिपक्षको होइनँ। नेपाली जनताको कुरा हो,’ उनले भने, ‘नेताहरू काठमाडौँमा बसेर अरबौँ रुपैयाँको सुन तस्करलाई पक्राउ गर्न नसक्नुको दोषीको भागीदार हामी पनि हुन्छौँ। गाउँको भरियालाई कस्टडीलाई जेलमा राखेर हुँदैन। प्रधानमन्त्री आएपछि म यो कुरा राख्छु त्यसपछि पनि मुख्य मालिक पक्राउ नपरे म आमरण अनशनको घोषणा गर्छु।’

प्रकाशित: १० साउन २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =